विवादरहित अन्नपूर्णः सबै करार कर्मचारीको जागिर नवीकरण

पाेखरा | साउन १०, २०७९

विवादरहित अन्नपूर्णः सबै करार कर्मचारीको जागिर नवीकरण

पोखरा: पोखरा महानगरपालिका र केही गाउँपालिकामा कार्यरत करार कर्मचारीको सेवा नवीकरण नभएपछि आन्दोलन र तनाव बढिरहेकाबेला अन्नपूर्ण गाउँपालिकामा भने करार नवीकरण गरिएको छ । 

 

गाउँपालिकामा २३ करारसहित ६१ कर्मचारी कार्यरत छन् । अघिल्ला वर्षहरुमा राखिएका कर्मचारीहरु करार नवीकरण हुने हो कि होइन भन्ने दोसाँधमा रहेकाबेला गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सबैको समयावधि ६ महिना थपिदिएका छन् । 

 

‘किन ६ महिनामात्र थप गरियो ?’ भन्ने प्रश्नमा अध्यक्ष केसी भन्छन् ‘कर्मचारीहरुको काम, योगदानबारे नयाँ प्रतिनिधि जानकार छैनन् । उहाँहरुको कार्यक्षमता हेर्न र मूल्यांकन गर्न ६ महिनाका समय राखेको हो ।’

 

अबको ६ महिना जनताबाट कुनैपनि गुनासो नआए, आलोचना नभए र जनउत्तरदायी भई काम गरेमा करार अवधि थपिने केसीले बताए । ‘अन्य गाउँपालिकामा जस्तो कर्मचारी हटाउने, आफ्नै तवरले भर्ना गर्ने काम मनासिब लागेन’ अध्यक्ष केसी भन्छन् ‘काम गरिरहेकै कर्मचारीलाई निरन्तरता दिइएको हो ।’

 

यद्यपि, कर्मचारीको कार्यकुशलता कस्तो हुनेछ भन्ने थाहा पाउन ६ महिनामात्रै थप गरिएको हो । यसबीचमा जनताबाट गुनासो वा आलोचना हुने काम गरे उनीहरुको समय थप नगरिने केसीले प्रष्ट पारे । 

 

नयाँ आर्थिक वर्ष लागेसँगै अध्यक्ष केसीले करारका सबै कर्मचारीलाई भेला गराई जनताको हितमा काम गर्न र जागिर जाने भयबाट मुक्त हुन निर्देशन दिएका थिए । त्यसबखत केसीले भनेका थिए, ‘म अनुहार हैन, तपाइहरुको काम हेर्छु, यसर्थ ६ महिना करार थप गर्नेछु, यसबीचमा जनताबाट गुनासो आए म नवीकरण नगर्न बाध्य हुनेछु ।’

 

गाउँपालिकामा कार्यरत कतिपय कर्मचारी बिनाप्रतिष्पर्धा आएका त कोही भनुसनकारभरमा समेत जागिर खाएका बताउँदै केसीले जे जस्तो भएपनि पालिकावासीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । 

 

केसीले भने, ‘निर्वाचनपछि नयाँ पदाधिकारी आएका छौं, यसकारण करारका कर्मचारीका लागि थपिएको ६ महिना परीक्षण अवधि हो ।’ जनभावनामा ठेस पुग्ने काम गरे कर्मचारीमात्र हैन स्वयं आफुपनि पदमा बस्नुको औंचित्य नहुने उनले सुनाए । 
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्